ओखलढुङ्गाको पलापुमा रामेछापका एक पुरुषको शब फेला

ओखलढुङ्गाको पलापुमा रामेछापका एक पुरुषको शब फेला

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका १ पलापुमा बुधबार दिउँसो एक पुरुषको सब फेला परेको छ । उक्त शव रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ कोलन्जोरघाट बस्ने अन्दाजी ५५ वर्षीय मङ्गलबहादुर माझीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

सुनकोशी नदीको बीच भागमा ढुङ्गामा अड्कि घोप्टोपरि मृत रहेको अवस्थामा माझीको शव फेला परेको हो । शबको पहिचान भएपश्चात उक्त शबलाई ओखलढुङ्गा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापलाई जानकारी गराई रामेछाप प्रहरीलाई बुझाएको समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार