नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यका उमेदवार बनेका रामचन्द्र खड्काले पार्टी भित्र देखिएको अभुतपुर्व एकता र सद्भाव आफ्नो चुनाब जित्ने पहिलो आधार बनेको बताएका छ्न ।
चुनावी घरदैलो कार्यक्रममा क्रममा खाडादेबी गाउपालिकाको मझुवामा कार्यकर्ता भेट्का क्रममा खडकाले आफुले टिकट लिएर आएपछि नेतृत्वमा देखिएको अभुतपुर्वा एकता र सद्भाव मेरो लागि चुनाब जित्ने पहिलो आधार बनेको बताए । उनले थप्दै भने राजनैतिक लामो यात्रामा स्वार्थ राखिन र नेतृत्वमा रहदा पनि ठूलो छाती बनाएर काम गर्ने प्रयास गरे त्यसैको फल आज सब खुशी साथ लाग्नु भएको छ । सबैको सद्भाव छ । त्यसैले एकता नै मेरो जितको बल हो । खडकाले पदमा रहेर होस या नरहेर जीन्दगीको अन्तिम घडीसम्म पनि राजनैतिक यात्रालाई सामाजिक सेवा भाबले अगाडि बढाउने बताए ।
पार्टीमा टिकट्का लागि केही नेताको आकाङ्क्षा प्रस्तुत भएता पनि अन्तत खडकाले टिकत लिएर आए पछि पार्टीले खड्का माथि न्याय गरेको आन्तरिक र बाह्य रुपमा प्रतिक्रिया समेत आएका थिए । निर्वाचन प्रचारमा समेत सबै खाले नेतृत्व शक्ति योजना सहित्वसकृय हुनु हुन्छ । बेस्त केही साथिहरुले सहभागिताको प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । कति निष्क्रिय बनेका साथिहरु समेत आफुले टिकट पाए पछि सकृय बनेर लाग्नु भएको छ ।
काङ्ग्रेस नेतृत्व लिएर नयाँ शिखाबाट जान आतुर छ : प्रदेश सभापती खड्का
नेपाली काङ्ग्रेस रामेछाप प्रदेश क का सभापती निरोज खड्काले नेपाली काङ्ग्रेस नेतृत्व रुपान्तर गरेर आए पछि चुनाबमा भाग लिन मात्र नभइ अत्यधिक बहुमत सहित नेतृत्व लिएर नागरिकलाई फरकपनको प्रत्याभुती दिन आतुर रहेको बताएका छन । चुनाबी कार्यक्रम बोल्दै खडकाले भने-परिवर्तन भएर आएको काङ्ग्रेसमा अझै पनि नागरिकको भरोसा छ । काङ्ग्रेस यतिबेला सुधारका आधार र एजेन्डा बोकेर निर्वाचनमा होमिएको छ । निर्वाचन अघि काङ्ग्रेसले देखाएको परिवर्तन बिजय पछि नागरिकले महशुस गर्न पाउने छ्न । त्यसका लागि नागरिकले एकपट्क काङ्ग्रेसलाई अवसर दिनु पर्ने छ । निर्णायक आम नागरिक हुन ।
ब्यक्तिले जित्यो भन्दा नि पार्टीले जित्ने कुरा महत्त्वपूर्ण हुन्छ ।एउटा गहकिलो इतिहास बोकेको काङ्ग्रेसलाई फरक तरीकाबाट मुलुकको नेतृत्व गर्ने अवसर नागरिकले प्रदान गर्ने छन भन्नेमा आफू आशाबादी रहेको खड्काले बताए । पात्र र प्रवृत्ति फेरेर नयाँ नेतृत्व लिएको काङ्ग्रेस अब देशकै मुहार फेर्न अग्रसर छ । खद्काले थपे – काङ्ग्रेस बिजयी भएमा गाउँ, वडा, पालिका र सिङ्गो मुलुक समृद्ध भइ अगाडि बढ्ने पक्का छ जुन परिवर्तनको संकेत काङ्ग्रेसको बिशेष महाधिवेशनले देखाएको छ ।


