रामेछाप अस्पतालले पहिलोपटक फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवामा विविधता र पहुँच विस्तार गर्ने उद्देश्यसहित अस्पतालले बिहिबारदेखि नियमित रूपमा फिजियोथेरापी सेवा दिन थालेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनका अनुसार सेवाबाट विशेषगरी वृद्ध तथा उपचारका लागि सदरमुकाम वा बाहिर जानुपर्ने बाध्यता भएका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सेवा संचालनका आवश्यक उपकरण सहित दक्ष जनशक्ति राखिएको छ । सेवा सुरु भएसँगै स्ट्रोक, पक्षघात, ढाड दुखाइ, घुँडा दुखाइ, खेलकुदजन्य चोटपटक, अप्रेसनपछिको पुनस्र्थापना लगायतका समस्यामा उपचार लिन सहज हुने विश्वास लिइएको छ ।


