रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको सफल शल्यक्रिया गरिएको छ । सोमबार(आज) दुई जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
मन्थली नगरपालिका ६ कि ६३ वर्षीया बिमला कामीको खुट्टाको हड्डी भाचिएकोलाई स्टिल हालिएको हो । यसैगरी रामेछाप नगरपालिका ७ कि ३५ वर्षीया सावित्रा खड्का कार्कीको रड निकाल्ने कार्य गरिएको हो ।
अस्पतालका अर्थोपेडिक सर्जन (मे.सु.) डा. सागर जर्घामगर, अर्थोपेडिक सर्जन डा.नवीन कुमार यादबको नेतृत्वमा एनेस्थेसिया राजेश यादेब, स्क्रब नर्स समिक्षा थापा लगायत अन्य कर्मचारीको टिमले सफल शल्यक्रिया गरेको हो । अब रामेछाप अस्पतालमै विशेषज्ञ सहितको हड्डी सम्बन्धित बाहिरङ्ग तथा शल्यक्रिया सेवा निरन्तर रुपमा संचालन हुनेछ ।



