नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा फेरी पनि सुजन घिमिरे चयन हुनुभएको छ । यसअघि पनि घिमिरे नै अध्यक्ष हुनुहुन्थ्यो । आज मन्थलीमा भएको ११ औँ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
उपाध्यक्षमा रिता ढुंगेल र गणेश माझि,सचिवमा हरि ढुंगेल,कोषाध्यक्षमा कुमार घिमिरे र सहसचिवमा कपिल दाहाल चयन हुनुभएको हो । सदस्यहरुमा क्रमश.भगवती बुढाथोकी,रस्मिता ढुंगेल,विजय घिमिरे र सकुन्तला पुरी चयन हुनुभएको हो ।


