रामेछाप अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा सुरु हुने भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नी, मांसपेशी, स्नायु तथा दुर्घटनाबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा उपलब्ध हुने भएको हो ।
लामो समयदेखि फिजियोथेरापी उपचारका लागि सदरमुकाम मन्थली जानुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो ।
फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरणहरु जडानको काम भैसकेको उहाँले बताउनुभयो । यो सेवा सुरु गर्न केही दिनभित्रै फिजियोथेरापिस्ट कर्मचारीको विज्ञापन खुल्ला गर्ने र सो पश्चात तत्कालै सेवा सुचारु हने अध्यक्ष पाख्रिनको भनाई छ ।
सेवा सुरु भएपछि स्ट्रोक, पक्षघात, ढाड दुखाइ, घुँडा दुखाइ, खेलकुदजन्य चोटपटक, अप्रेसनपछिको पुनस्र्थापना लगायतका समस्यामा उपचार लिन सहज हुने विश्वास लिइएको छ ।


