लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा सोमबार(आज) देखि उपप्रमुख बाल कुमारी कार्की सहित स्वास्थ्यकर्मीको टिम वडा नं ९ ल्याङ्गल्याङ्ग पुगेको छ ।
सुत्केरी महिलाहरुलाई घिउ,तेल,बेबिकिट,गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सहितको सेवा र अपाङ्गता भएकाहरुका लागी ब्लाङ्गकेट कासेली लिएर सबै वडा पुग्ने अभियान सुरु भएको हो । वडा नं ८ र ९ का सुत्केरी महिलाहरुलाई घिउ,तेल र बेबिकिट वितरण गरिएको छ ।
रामेछाप अस्पतालका सिनियर मेडिकल अधिकृत डाक्टर सत्यम पाण्डे सहितको स्वास्थ्यकर्मी भेडियो एक्सरे मेसिन सहित वडामै पुग्नुभएको हो । गर्भवती महिला र बच्चाको अवस्था थाहा पाउन,अन्य विभिन्न स्वास्थ्य समस्याहरुको पहिचान गर्न र सुत्केरी महिलालाई पोषिलो खानेकुरा प्रदान गर्न सबै वडामा पुग्ने उपप्रमुुख कार्कीले बताउनुभयो ।
जाडो महिना सुरु भैसकेकाले ग र घ वर्गका अपाङ्गता भएकाहरुलाई न्यानो कपडा ब्लाङ्गकेट वितरण गरिने उहाँले बताउनुभयो । ९ वटै वडामा पुगेर यो कार्यक्रम गरिने बताइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान रामेछाप नगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।




