रामेछापको रजगाउँमा सुमो दुर्घटना ७ जना घाईते

रामेछापको रजगाउँमा सुमो दुर्घटना ७ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ रजगाउँमा सुमो दुर्घटना भएको छ । ना १ ज ५५५८ नम्बरको सुमो आज दिउँसो रजगाउँबाट सदरमुकाम मन्थली आउँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना घाईते भएका छन ।

घाईते ७ जनाको अहिले मन्थली अस्पतालमा उपचार भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । सुमोमा ८ जना सवार थिए । एक जना भने सकुशल रहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार