यो वर्ष गाउँघरमा फूल नफुल्दा तिहार खल्लो

यो वर्ष गाउँघरमा फूल नफुल्दा तिहार खल्लो

तिहार नजिकिँदै गर्दा बजारमा र गाउँघरमा तयारी त तीव्र भइरहेको छ, तर यस वर्ष फूल फुल्न ढिलो भएकाले धेरैको तिहार खल्लो बन्ने चिन्ता बढेको छ। विशेषगरी मखमली, सयपत्री र गोदावरी फूलहरू पर्याप्त मात्रामा नफुल्दा घर सजावट र मालामा प्रयोग हुने फूलको अभाव हुने देखिएको हो। तिहारमा फूल फुलेर ढकमक्क हुने गाउँघरमा यो वर्ष कतैकतै मात्र फूलहरु फुलेको देख्न सकिन्छ ।

रामेछापका किसानहरूका अनुसार यो वर्ष तिहार पर्व अलि चाँडै परेको र अनियमित वर्षाका कारण फूलको उत्पादन प्रभावित भएको हो। स्थानीय किसान मैया कार्की भन्नुहुन्छ, “गत वर्ष यसबेला फूलले बगैँचा रंगिएको थियो, तर अहिले अघिल्लो वर्षको आधा पनि फुलेको छैन।”

तिहारमा देउसीभैलो, घर सजावट र भाइटीकामा फूलको विशेष महत्व हुने भएकाले यसको कमीले पर्वको रौनक घटाउने चिन्ता सर्वत्र देखिएको छ।त्यसैले, यस वर्षको तिहार “बत्ती र मिठाईले मात्र होइन, फूलको कमीले पनि खल्लो बन्ने सम्भावना” रहेको स्थानीयहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार