रामेछापको टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु,फाईनल खेल शनिबार

रामेछापको टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु,फाईनल खेल शनिबार

रामेछापमा शुक्रबार(आज)देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । बटारे युवा क्लब रामेछापले प्रतियोगिता आयोजना गरेको हो । फुटबल प्रतियोगिता रामेछाप नगरपालिका ८ को टुँडिखेलमा मैदानमा संचालन भैरहेको छ । यो प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्धितिय हुने टिमले नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । तेश्रो हुने टिमले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका छन । क्वाटरफाईनलका खेलहरु सकिएसँगै शनिबार बिहानैदेखी सेमिफाईनल र फाईनलका खेलहरु खेलाईने बटारे युवा क्लबका संयोजक दिनेश रायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार