रामेछापको मुगानमा एक महिलाको शव फेला,हत्याको आशंका

रामेछापको मुगानमा एक महिलाको शव फेला,हत्याको आशंका

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । बिहिबार(आज) दिउँसो करिब २ बजेको समयमा प्रहरी चौकी रामेछाप डाँडालाई घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो ।

अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतको शरिरमा भएको चोटपटकले हत्या भएको आशंका गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी रामेछाप अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ । घरमा श्रीमान,श्रीमती मात्रै बस्ने भएकोले मृतकको श्रीमान अन्दाजी वर्ष ६० का ईन्द्र बहादुर हायुसँग प्रहरीले अनुसन्धान थालेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार