रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको नव निर्मित भवन उद्धघाटन गरिएको छ । बिहिबार(आज) सो भवनको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र भिजन हिमालय फाउन्डेशनका उपाध्यक्ष डा.रोमन ग्रेम्जरले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो ।
भिजन हिमालय फाउन्डेशन स्विजरल्यान्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । १ करोड ५० लाखको लागतमा निर्माण भएको सो भवन २ वर्ष अघि शिलान्यास गरिएको थियो । साँढे २ तला भवन अप्रेशन थ्रेटर सहितको निर्माण भएको छ । अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै सेवाहरु नयाँ भवनबाट सुचारु हुनेछ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र तामाकोशी सेवा समितिको सहकार्य र क्योर ब्लाईन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप संचालनमा रहेको छ । आँखा केन्द संचालनमा आएदेखी रामेछाप लगायत छिमेकी जिल्लाहरुका बिरामीले सहज रुपमा सेवा पाउँदै आएका छन ।