रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समीर कार्कीले बिरामी भएर घरमै थलापरेका एक वृद्धलाई दशैँ खर्च दिनुभएको छ ।
सोही वडाको भाङलाङ हिलेपानीका वर्ष ६७ का हिकमत बहादुर कार्कीलाई व्यक्तिगत नगद १० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष कार्कीले बताउनुभयो । आर्थिक अवस्था निकै कमजोर रहेको वृद्ध कार्कीको परिवारको कुनै पनि सदस्यको स्थायी पेशा नभएको,उहाँ आफै बिरामी परेर थलिएको कारण दशैँ मनाउन आफुले सकेको सहयोग गरेको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।
वडाअध्यक्ष सहित वडा सदस्यहरु उहाँको घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन । साथै उहाँको स्वास्थ्य बिमा परिचयपत्र समेत नविकरण गरिएको छ ।