जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासन कार्यालयले निषेधज्ञा र कफ्र्यूको आदेश हाललाई हटाएको जनाएको हो ।
जेनजी आन्दोलका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि रामेछापमा पनि निषेधाज्ञा र कफ्र्यू लगाइएको थियो । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुत्त भएसँगै रामेछाप सहितका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा र कफ्र्यू क्रमशः हटाउन थालिएको हो ।
स्थिति बिग्रिएपछि देशैभर नेपाली सेनाले कमाण्ड हातमा लिएर कडाइ गरेको थियो । जिल्ला प्रशासन रामेछापले सामाजिक सद्भाव कायम राख्दै शान्ति सु–व्यवस्था कायम गर्न सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ । जिल्लामा कफ्र्यु र निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।