यहि भदौ २१ गते रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,तयारी तिव्र

यहि भदौ २१ गते रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,तयारी तिव्र

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । यसका लागी अहिले नगरपालिकाले तयारीलाई तिव्र बनाएको छ ।

बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न अहिले तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन गरेर अहिले घोषणा समारोहका लागी विभिन्न कामहरु भैरहेको छ ।

बाग्मती प्रदेशका मुख्य मन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा घोषणा समारोह हुनेछ । रामेछाप नगरपालिका ८ को टुँडीखेलमा हुने कार्यक्रममा उपस्थितीका लागि नगरपालिका प्रमुख लबश्री न्यौपानेले सबैमा अनुरोध गर्नुभएको छ ।

रामेछाप नगरपालिकाले २०७८ फागुन २ गतेदेखि बालमैत्री स्थानिय शासन अवलम्बन गरी बाल अधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको छ । नगरपालिकाका ९ वटै वडाहरु एकैसाथ जेठ २७ गते बालमैत्री घोषणा भैसकेका छन ।

नगर घोषणा पश्चात् बालबालिकामैत्री नीति, योजना तथा संरचनाहरू थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने अपेक्षा गरिएको छ । जिल्लाको मन्थली नगरपालिका यसअघि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार