विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार

विदेश पठाइदिन्छु भन्दै पैसा कुम्ल्याएर वडा सदस्य फरार भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का निर्वाचित वडा सदस्य महेन्द्र मगर आफ्नै वडाका युवाहरुलाई ठगेर सम्पर्क बिहिन बनेका हुन । वडा सदस्य मगरले वडाका युवाहरुलाई आकर्षक काम र कमाई हुने भन्दै यूरोप पठाइदिने आश्वासन दिएर ठगेका हुन । उनले धेरै युवासँग यूरोप जानका लागी भारत गएर भिसा लगाउनुपर्ने र त्यसका लागी ५० हजार लाग्ने भन्दै पैसा लिएका थिए ।

पैसा र पासपोट बुझाएको १ वर्ष भैसक्दा पनि भिसा आउनु त परेको कुरा वडासदस्य मगर नै सम्पर्क बिहिन भएको अस्मिता महताराले बताउनुभयो । ‘३ महिना भित्र भिसा आउँछ भनेर वडा सदस्य जस्तो जिम्मेवार मानिसले भनेपछि पैसा र पासपोर्ट बुझाएको तर अहिले १ वर्ष भैसक्या’े,उनले भनिन् । वडा सदस्य मगर अहिले कसैको पनि सम्पर्कमा छैन्न । उनको मोबाईल अफ छ भने सामाजिक संजाल फेसबुकको अकाउन्ट समेत बन्द रहेको छ ।

वडा सदस्य मगरले १४÷१५ जना युवाहरुलाई विदेश पठाइदिन्छु भन्दै ठगि गरेको पाइएको छ । उनले आफ्नै गाउँका युवाहरुलाई समेत ठगेका छन । रामेछाप ७ का सागर कार्कीले पनि वडासदस्य मगरलाई ८ महिना अघि पासपोर्ट बुझाए । कार्कीसँग भिसा लगाउन पैसा लाग्ने भन्दै मागेको भएपनि उनले दिएनन् । अहिले मगर सम्पर्क बहिन भएपछि अर्को देश जानका लागि कार्कीलाई फेरी पासपोर्ट बनाउनुपर्ने बाध्यता आइलागेको छ ।

अस्मिता र सागर त वडा सदस्य मगरबाट ठगिएका प्रतिनिधी पात्र मात्रै हुन । उनिहरु जस्ता धेरै युवाहरु ठगिएर बसेका छन । जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको विश्वास गरेर रकम बुझाएकाहरु अहिले तनावमा छन । वडा सदस्य मगर अरुलाई विदेश पठाइदिने भन्दै रकम ठगी गरेर आफै विदेश गएको हुन सक्ने उनका एक छिमेकिले बताए । यता रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वडा सदस्य मगरले रकम ठगी गरेको प्रमाण सहित उजुरी परे कारबाहि प्रक्रिया अघि बढाईने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार