रामेछापमा एक वर्षको अवद्यिमा सवारी साधन कारबाहिबाट ३२ लाख ७८ हजार मात्रै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८१ को साउन महिनादेखी २०८२ को असार मसान्तसम्म अर्थात वितेको १२ महिनाको अवद्यिमा ३२ लाख ७८ हजार २ रुपैयाँ राजश्व संकलन भएको हो ।
ट्राफिक नियम विपरित चलेका ठुला तथा साना सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी सहायक निरीक्षक सुवाशचन्द्र मण्डलले बताउनुभयो । उहाँका अनुसार साउन महिनामा २ सय ४२ वटा सवारी साधन कारबाहीबाट ३६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।
भदौमा ३ सय १३ सवारी कारबाहिबाट २ लाख ९३ हजार,असोजमा २ सय ४१ सवारी कारबाहिबाट २ लाख ७० हजार २ सय राजश्व संकलन भएको हो । कातिकमा २ सय ८४ वटा सवारी कारबाहिबाट ३ लाख ३० हजार ५ सय,मंसिरमा २ सय १२ वटा सवारी कारबाहिबाट २ लाख ३० हजार ५ सय,पुसमा २ सय ९ वटा सवारी कारबाहिबाट २ लाख २५ हजार ५ सय राजश्व संकलन भएको हो ।
यसैगरी माघ महिनामा १ सय ८९ वटा सवारी कारबाहिबाट २ लाख १ हजार राजश्व संकलन भएको प्रसनि मण्डलले बताउनुभयो । फागुनमा २ सय १५ वटा सवारी कारबाहिबाट २ लाख ३४ हजार ५ सय र चैत्रमा २ सय ४४ वटा सवारी कारबाहिबाट ३ लाख ३ हजार राजश्व संकलन भएको उहाँको भनाई छ ।
वैशाख महिनामा २ सय ६५ वटा सवारी कारबाहिबाट ३ लाख १५ हजार,जेठ महिनामा ३ सय १९ सवारी कारबाहिबाट ३ लाख ३६ हजार ५ सय र असार महिनामा २ सय ९७ वटा सवारी कारबाहिबाट ३ लाख १ हजार राजश्व संकलन भएको हो । एक वर्षमा ३ हजार ३० वटा सवारी कारबाहिमा परेका हुन । सबैभन्दा धेरै कार,जिप,भ्यान र मोटरसाईकल कारबाहिमा परेका हुन ।
वितेको ३ आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा कम राजश्व संकलन गत आ.व मा भएको हो । आ.व २०७८/७९ मा ११ हजार ८ सय ५० वटा सवारी कारबाहिबाट एक करोड ७ लाख ४५ हजार राजश्व संकलन भएको थियो ।
आ.व २०७९/८० मा ८ हजार ८ सय ८ वटा सवारी कारबाहिबाट ८० लाख ५९ हजार राजश्व संकलन भएको थियो । आ.व २०८०/८१ मा ८ हजार ८ सय ९ वटा सवारी कारबाहीबाट ८१ लाख ४० हजार ५ सय राजश्व संकलन भएको थियो । आ.व २०८१/८२ मा ३ हजार ३० वटा सवारी कारबाहिबाट ३२ लाख ७८ हजार २ रुपैयाँ मात्रै राजश्व संकलन भएको हो ।
सवारी चालक तथा यात्रुहरु सचेत भएका कारण पनि सवारी कारबाहि संख्या घटेको र सवारी कारबाहि संख्या घट्दा राजश्व संकलनमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सिट संख्या भन्दा बढि यात्रु राख्ने, हेल्मेट नलगाउने, ब्लुबुक, सवारी इजाजत पत्र नबोक्ने,लापसे गरी सवारी चलाउने लगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहि गरिएको बताइएको छ ।