रामेछापमा नगण्य र अन्यायपूर्ण बजेट वितरणबाट हामी असन्तुष्ट छौँःकान्छाराम

रामेछापमा नगण्य र अन्यायपूर्ण बजेट वितरणबाट हामी असन्तुष्ट छौँःकान्छाराम

निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री एवं रामेछापबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) ले रामेछापमा संघिय तथा प्रदेश सरकारबाट नगण्य र अन्यायपूर्ण बजेट वितरण गरेकाले आफु असन्तुष्ट रहेको बताउनुभयो ।

बुधबार रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर कान्छारामले उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतिनिधि सभामा व्यक्त गर्नुभएको गलत र भ्रमपूर्ण तथ्यांकले थप मर्माहत बनाएको बताउनुभयो ।

गत असार ८ गते बसेको प्रतिनिधि सभा बैठकमा कान्छारामले रामेछाप जिल्लालाई शहरी विकास मन्त्रालयले न्युन बजेट विनियोजन गरेको भनेर असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री सिंहले जवाफ प्रस्तुत गर्दा जनसंख्या र बजेटको अनुपात मिलाई विनियोजन गरेको छु भनी प्रस्तुत गर्नुभएको तथ्यांक गलत रहेको सांसद कान्छारामले बताउनुभयो ।

शहरी विकास मन्त्रालयलको रातो किताब बमोजिम आ.व २०८२/८३ मा रामेछाप जिल्लाका लागि विनियोजित बजेट शिर्षक संख्या ५७ रहेको र जसमध्ये पुरानो क्रमागत तथा दायित्व भुक्तानी गर्नुपर्ने २६ वटा योजना अन्तर्गत ५५ करोड ७८ लाख रहेको बताइएको छ । नयाँ ३१ वटा योजना अन्तर्गत ९ करोड ५१ लाख ८० हजार मात्र विनियोज भएको देखिएको सांसद कान्छारामले बताउनुभयो ।

उप प्रधान मन्त्री तथा सहरी विकास मन्त्री सिंहले प्रस्तुत गरेको ८४ करोडको विवरणसँग विल्कुल मेल नखाने र रामेछाप जिल्लामा ०.८ प्रतिशत जनसंख्याको लागी ०.७ प्रतिशत बजेट विनियोजन भएको भन्ने व्यहोरा समेत झुटो रहेको सांसद कान्छारामले बताउनुभयो ।

शहरी विकास मन्त्रालयले रामेछाप जिल्लामा संचालन गरेको विविध योजनाको दायित्व अन्तर्गत ५५ करोड ७८ लाख अनिवार्य भुक्तानी गर्नुपर्ने रकम रहेको र यसरी हेर्दा रामेछाप जिल्लाको विकास निर्माणको लागि आगामी आ.व. २०८२/८३ मा ९ करोड ५१ लाख ८० हजार बराबरको योजना मात्र समावेश गरिएको दखिएको सांसद कान्छारामले बताउनुभयो ।

उहाँले जिल्लाको चौतर्फी विकास निर्माणमा अहोरात्र लागि पर्नुका साथै सत्य र न्यायका निम्ति जीवन्त लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार