यो वर्ष रामेछाप जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १२ गतेसम्म जिल्लामा २२ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको सिँचाई हुने र पर्याप्त पानी भएको क्षेत्रमा यो वर्ष राम्रोसँग रोपाइँ भएको छ ।
रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ । पर्याप्त वर्षात नहुँदा धान रोपाइँ ढिला भएको केही किसानहरुले बताएका छन ।
असारको दोस्रो सातासम्म पनि करिब ७८ प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको दोस्रो सातासम्म १० प्रतिशत मात्रै रोपाइँ भएको थियो । गत यस वर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको थियो ।
गत वर्षको तुलनामा यो वर्षको यो समयसम्म केही प्रतिशत बढी खेतहरुमा रापाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा साउन अन्तिमसम्म धान रापाइँ हुने गरेको छ ।