रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने उल्लखे गरिएको छ ।
गाउँपालिकाको लगानीमा निर्माण भएका पुर्वाधार तथा सडकहरुमा सेवा शुुल्क लगाई आय सङ्कलन गरिने,एक वडा एक उत्पादन कार्यक्रम मार्फत कृषकहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउने कार्यक्रमहरु प्राथमिकताका साथ छनौंट गरिनुका साथै उत्पादनमा आधारित अनुदानका कार्यक्रहरु यसै आ.व.देखि कार्यान्वयन गरिने बताइएको छ । बाँझो रहेका कृषि योग्य जमिनमा खेती लगाउन चाहने किसानलाई गाउँपालिकाले जग्गा धनिसंग सहकार्य गरी कृषि गर्नका लागि उपलब्ध गराईने,बाँझो जग्गा उपलब्ध गराउने कार्यमा गाउँपालिकाबाट मापदण्ड बनाई साझेदारी गरिने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
टिमुर,आँप, कटहर, किवी, सन्तला, कागती, कफी, जुनार,अमला, अम्रिसो, एभोगाडो उत्पादनलाई प्रोत्साहान गरिने,सुख्खाग्रस्त भु –भागलाई सिंचाई प्रणालीसंग जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि थोपा सिंचाई र लिफ्टिङ सिचाँइलाई प्राथमिकता दिईने,कृत्रिम गर्भाधानको माध्यमबाट दुध, मासु उत्पादनमा बृद्धि गरिने,गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन प्राथमिकताका साथ आवश्यक अनुसार कार्यक्रम सञ्चालन गरिने पालिकाले नीति लिएको छ ।
श्रमको सम्मान राष्ट्रको अभियान मुल नाराका साथ स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्युनतम रोजगारीको प्रत्याभुति गर्नका लागि कामका लागि परिश्रमिकमा आधारीत सामुदायिक आयोजना संचालन गरिने,बिभिन्न सिपमुलक तालिम मार्फत युवाहरु माझ रोजगारी सृजना गरिने,सुत्केरी र नबजात शिशुहरुलाई सुरक्षित स्वास्थ्य सुनिश्चित गर्न उपाध्यक्ष घरभेट कोसेली कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । बालबालिकाहरुको क्षमता बिकास गर्नलाई बाल क्लव स्थापना तथा संचालन गर्न कार्यविधि तर्जुमा गरी लागु गरिने,हरेक खानेपानी मुहान दर्ता उ.स.लाई सशक्तिकरण तथा मर्मत संभार कर्तामार्फत खानेपानी व्यबस्थित गरिने निति ल्याइन गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक जग्गा तथा ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गरिने,वन जङ्गलको महत्वको बारेमा वनका पदाधिकारी र समुदाय स्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गरिन,प्रेस अभिव्यक्ति स्वतन्त्रताको सम्वर्धन र स्थानीय संचारकर्मीको पेशागत क्षमता विकास,सुचनाको हकको कार्यान्वयन,आन्तरिक सुशासन, पार्दशिता र जवाफदेहीताको प्रवर्धन गर्न आम संचार मैत्रि नीति निर्माण गरी लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रशारण र सम्प्रेषण गरिने कार्यक्रम समावेस गरिने बताइएको छ ।
यसैगरी प्रत्येक वडामा गर्भवती आमाहरुलाई भिडियो एक्सरे सेवा संचालन गरिन, र बालमैत्रि स्थानीय शासनको कार्यक्रमलाई अबलम्बन गरी बालमैत्रि स्थानीय तह घोषणा सम्मका कार्यक्रमलाई कार्यान्वयन गरिने लगायतका विविध पक्षहरुले नीति तथा कार्यक्रममा प्राथमिकता पाएका छन ।
६८ करोड २५ लाख ८६ हजारको बजेट सार्वजनिक
गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८२।०८३ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष दिपा पाख्रिनले आगामी आर्थिक बर्षका लागि कुल ६८ करोड २५ लाख ८६ हजारको अनुमानित बार्षिक बजेट प्रस्तुत गर्नुभयो ।