नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुको सुझाव संकलन गर्दै रामेछाप नगरपालिका

नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुको सुझाव संकलन गर्दै रामेछाप नगरपालिका

रामेछापको नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय–सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्ने सरोकारवालाले अहिलेको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

नगरप्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको बैठकमा नगरस्तरीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले नागरीकले महसुस गर्ने खालको नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड दिएका छन । नगरमा काम गर्ने विभिन्न संघसंस्थाहरुले पनि कार्यकर्तामुखी नभइ जनमुखी बजेट आउनुपर्नेमा जोड दिएका थिए ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत भोला प्रसाद चापागाईले नगरका हरेक नागरीकले सुझाव दिन सक्ने बताउनुभयो । यही असार ९ गते नगर सभाबाट आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी भैरहेकाले कुनै सुझाव भए लिखित रुपमा नगरपालिकालाई उपलब्ध गराउन उहाँले नगरवासिलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार