रामेछापको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी र ८० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा उहाँहरुलाई नगद र दोसल्ला सहित सम्मान गरिएको हो ।
शनिबार सदरमुकाम मन्थलीमा अयोजना गरिएको एक कार्यक्रमका विच जिल्ला जेष्ठ नागरिक सँघ रामेछापको आयोजना र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा उहाँहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरिक संघको साधारण सभा र जेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रममा गरिएको उक्त सम्मान कार्यक्रममा करिब ३ सय जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिकहरु समाजको अमुल्य निधि भएकोले उक्त सम्पत्तिको जगेर्ना गर्न परिवार समाज र सरकार सवै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
सो क्रममा प्रमुख श्रेष्ठले त्यसका लागि सरकारले अहिले पनि जेष्ठ नागरिक भत्ता वितरण र स्वास्थ्य उपचार समेत निशुःल्क रुपमा प्रदान गर्दे आएको स्मरण गर्दै स्थानिय सरकारले पनि आवश्यक्ताका आधारमा सहयोग गर्दै उहाँहरुको आत्मा सम्मानलाई उँचो बनाउन चाहेको पनि बताउनु भयो ।
कार्यक्रमका अर्का अतिथि रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले जेष्ठ नागरिकहरु भगवान समान भएकोले उहाँहरु विनाको समाज परिकल्पना सम्म गर्न नसकिने बताउनु भयो । सो क्रममा उहाँले सँघिय सरकारले दिएको सुविधा अलावा उहाँहरुको जिविकोपार्जन र स्वास्थ्य उपचार आदिमा समस्या देखिए स्थानिय सरकार पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
उक्त प्रयोजनका लागि जिल्ला जेष्ठ नागरिक संघ रामेछाप समेतको टीमलाई लिएर चिकित्सको टोली निशुल्क स्वास्थ्य परिक्षण सहित आवश्य उपचारका लागि केहि दिन भित्रै टोल टोलमा पुग्न चाहेको कुरा पनि प्रमुख न्यौपानेले बताउनु भयो ।
जिल्ला जेष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमममा डा सुमुन कर्माचार्य,जेष्ठ नागरिक बैकुण्ठ प्रसाद पौडेल लगायतका वक्ताहरुले जेष्ठ नागरिकहरु प्रति परिवार, समाज र राज्यले निर्वाह गर्नु पर्र्र्ने भूमिका र दायित्वका बारेमा आ आफनो धारणा राख्नु भएको थियो ।