रामेछापका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने

रामेछापका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने

आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछाप जिल्लाका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने भएको छ । जिल्लाका ८ स्थानीय तहले संघीय सरकारबाट ३ अर्ब ३३ करोड २६ लाख अनुदान पाउने भएका हुन् । सशर्त अनुदान वापत २ अर्ब ८ करोड ४७ लाख पाउने भएको छ भने समानीकरणतर्फ १ अर्ब ४ करोड ७८ लाख, विशेष अनुदान वापत ५ करोड ७६ लाख र समपुरक तर्फ १५ करोड २५ लाख अनुदान पाउने भएको हो ।

जिल्लाका २ नगरपालिकालाई कुल १ अर्ब १८ करोड २० लाख र ६ गाउँपालिकालाई २ अर्ब १५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका ८ स्थानीय तहमध्य मन्थली नगरपालिकाले सबैभन्दा बढी र गोकुलगंगा गाउँपालिकाले सबैभन्दा कम अनुदान पाउने भएको छ । मन्थलीले ६७ करोड १७ लाख पाउँदा गोकुलगंगाले ३१ करोड ९८ लाख बजेट पाउने भएको हो ।

यसैगरी, रामेछाप नगरपालिकाले ५१ करोड ३ लाख, खाँडादेवी गाउँपालिकाले ४४ करोड १४ लाख, लिखु तामाकोशी गाउँपालिकाले ३५ करोड ७३ लाख संघीय अनुदान पाउने भएको छ । जिल्लाको दोरम्बा गाउँपालिकाले ३४ करोड ६५ लाख, उमाकुण्ड गाउँपालिकाले ३४ करोड ६२ लाख र सुनापति गाउँपाकिाले ३३ करोड ९४ लाख अनुदान पाउने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार