अख्तियारमा रामेछापका जनप्रतिनिधि र कर्मचारीविरुद्ध १ सय २० उजुरी दर्ता

अख्तियारमा रामेछापका जनप्रतिनिधि र कर्मचारीविरुद्ध १ सय २० उजुरी दर्ता

अख्तियारमा रामेछापका जनप्रतिनिधि र कर्मचारीविरुद्ध १ सय २० उजुरी दर्ता भएका छन । पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा १ सय २० वटा उजुरी दर्ता भएका हुन । यि उजुरीमध्ये ६५ वटा फछ्यौट भएको छ भने ५५ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

मंगलबार गाउँपालिका महासंघ बाग्मती प्रदेशले आयोजना गरेको एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसन्धान अधिकृत कपिल ज्ञावलीले सो कुरा बताउनुभयो ।

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भएका भ्रष्टचार तथा अनियमितता र अपार्दशितासँग सम्बन्धित उजुरीहरु धेरै रहेका छन । सार्वजनिक खरिद,सडक निमार्ण, भवन निमार्ण,अनुदान दरुपयोग,राजश्व चुहावट लगायतका कार्यहरुमा भ्रष्टाचार गरी कानुन विपरीत रकम असुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

सबैभन्दा बढी उजुरी खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्धका रहेका छन् । खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्ध २३ वटा उजुरी दर्ता भएका छन् । २३ वटा उजुरीमा १४ वटा फछ्यौट भएको छ भने ९ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

रामेछाप नगरपालिकासँग सम्बन्धित १५ वटा उजुरी दर्ता भएका छन । १५ वटा उजुरीमा ६ वटा फछ्यौट भएको छ भने ९ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

मन्थली नगरपालिकासँग सम्बन्धित १५ वटा उजुरी दर्ता भएका छन । १५ वटा उजुरीमा ५ वटा फछ्यौट भएको छ भने १० वटा फछ्यौट हुन बाँकी रहेको छ ।

रामेछाप नगरपालिकासँग सम्बन्धित १५ वटा उजुरी दर्ता भएका छन । १५ वटा उजुरीमा ६ वटा फछ्यौट भएको छ भने ९ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

दोरम्बा शैलुङ्ग गाउँपालिकासँग सम्बन्धित १३ वटा उजुरी दर्ता भएका छन । १३ वटा उजुरीमा १३ वटै फछ्यौट भएको छ ।

लिखुतामाकोशी गाउँपालिकासँग सम्बन्धित ११ वटा उजुरी दर्ता भएका छन । ११ वटा उजुरीमा ६ वटा फछ्यौट भएको छ भने ५ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

सुनापति गाउँपालिकासँग सम्बन्धित ५ वटा उजुरी दर्ता भएका छन । ५ वटा उजुरीमा २ वटा फछ्यौट भएको छ भने ३ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

उमाकुण्ड गाउँपालिकासँग सम्बन्धित ४ वटा उजुरी दर्ता भएका छन । ४ वटा उजुरीमा ३ वटा फछ्यौट भएको छ भने १ वटा फछ्यौट हुन बाँकी रहेको छ ।

गोकुलगंगा गाउँपालिकासँग सम्बन्धित ३ वटा उजुरी दर्ता भएका छन । ३ वटै फछ्यौट हुन बाँकी रहेको छ । उक्त उजुरी संख्या आर्थिक वर्ष २०८१/०८२ को जेठ ९ गतेसम्मको रहेको अधिकृत ज्ञावलीले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा गत आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरेर आएका ९ सय २१ सहित ३३ सय ९४ उजुरी दर्ता भएका छन । दर्ता भएका उजुरीमध्ये १९ सय २९ वटा फछ्यौट भएको छ । १४ सय ६५ वटा उजुरी फछ्यौट हुन बाँकी रहेको छ ।

मधेश प्रदेशका जिल्लाहरुको स्थानिय तहसँग सम्बन्धित उजुरीहरु धेरै रहेको अनुसन्धान अधिकृत ज्ञावलीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार