रामेछापको रामेछाप नगरपालिकामा मंगलबार (आज) देखी कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु भएको छ । ७ दिने कफी बनाउने तालिम र १५ दिने फेसन डिजाईन सम्बन्धि तालिम सुरु भएको नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा नगरपालिकाको वडा नं ६,७,८ र ९ का सम्बन्धित पेशा व्यवसाय गरिरहेका १९ जनाको सहभागिता रहेको छ । तालिमको उद्धघाटन नगर प्रमुख लबश्री न्यौपानेले गर्नुभयो ।
रामेछाप नगरपालिकाको ७० प्रतिशत,लुम्बिनी पोलिटेक्नीकल इन्स्टीच्युट बुटवलको २५ प्रतिशत र रामेछाप नगर उद्योग वाणिज्य संघको ५ प्रतिशत लागतमा उक्त तालिम संचालन गरिएको हो ।