रामेछाप बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण

रामेछाप बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ४ हिमगंगा बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएको छ । विपन्न दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत सो ठाउँका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएका हो ।

सनाई,दमाहा,झ्याम्टा लगायतको एक सेट पुरै बाजा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो । बाजा बजाएरै उनिहरुलाई जिविकोपार्जनमा सहयोग पुगोस र युवा पुस्तालाई सिप हस्तान्तरण होस भन्ने उद्धेश्यले नगरले सहयोग गरेको उहाँले बताउनुभयो ।

उनिहरुलाई एउटै रंगको कोट,दौरासुरुवाल र ढाका टोपी समेत नगरले पञ्चेबाजासँगै खरिद गरेर दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार