रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ३ साँघुटारले यहि समस्यालाई बुझेर हिलटेक वितरण गरेको छ ।
वडाको नेवार टोल,खड्का टोल र महत टोलका ७५ घरधुरीलाई हिलटेक वितरण गरिएको वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो । वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण अभियान अन्तर्गत गतवर्ष पनि ७० भन्दा बढी घरधुरीलाई हिलटेक वितरण गरेको उहाँले बताउनुभयो ।
नागरीकहरुलाई आकाशे पानी संकलन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यका साथ वडा कार्यलयले एक घर एक ट्याङ्की वितरण गरिरहेको वडाअध्यक्ष प्रधानले बताउनुभयो ।
पानीको समस्या झेल्दै आएका वडाका नारीकहरुलाई आकाशे पानी संकलन गरी फलफुल तथा तरकारी उत्पादनमा समेत लाग्न आग्रह गर्नुभयो । ट्याङ्की वितरण कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने उहाँले बताउनुभयो । नगरपालिकाका अधिकांश वडाहरुले एक घर एक ट्याङ्की वितरण गरिसकेका छन ।