रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८१/८२ को दाश्रो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव अम्बिका कार्कीले जानकारी गराउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले विभिन्न प्रश्न,जिज्ञासा र गुनासोहरु राखेका थिए । उनिहरुले सडक,खानेपानी,कृषि,पशुपालन जस्ता विविध विषयवस्तुहरुमा रहेर प्रश्न गरेका थिए ।
रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले कार्यक्रममा नागरीकहरुले नगरपालिकासँग सम्बन्धित सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडासँग सम्बन्धित सहभागीहरुको प्रश्नको जवाफ वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले दिनुभयो ।
नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुको प्रश्न,जिज्ञासा र गुनासोहरु भन्दापनि सकारात्मक सुझावहरु प्राप्त गरेको बताउनुभयो । वडाले हरेक वर्ष नागरीकको अपेक्षा अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।
उहाँले वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने बताउनुभयो । सम्वृद्ध सुकाजोर बनाउन यहाँका सबै नागरीकहरुको साथ र सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी,विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी,पत्रकार सहित नागरीकहरुको उपस्थिती रहेको थियो ।