राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप नगरपालिकाको सभापतिमा दुर्गा बहादुर बस्नेत चयन हुनुभएको छ । शनिबार रामेछाप बजारमा भएको रामेछाप नगरपालिका भेलाले बस्नेतको सभापतित्वमा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।
जस अनुसार सभापतिमा दुर्गा बहादुर बस्नेत,उप–सभापतिमा रमा हायु,सचिबमा बुद्धिराज श्रेष्ठ,कोषाध्यक्षमा अम्बिका तामाङ,सदस्यहरुमा क्रमश..रामकुमार श्रेष्ठ,सानीमाया तामाङ र ज्ञानबहादुर श्रेष्ठ चयन हुनभएको हो । बाँकी सदस्यहरु सबै वडालाई समेट्ने गरी थप गरिने राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापका उप–सभापति मोहन कार्कीले जानकारी दिनुभयो ।
रास्वपाका केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्नुहुँदै उहाँले पुष्पलाल तथा गंगालाल जन्मेको जिल्ला रामेछापमा आएर संगठन विस्तारमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले रास्वपालाई पुराना दलहरुले पार्टीको रुपमा समेत स्किार गर्न नसकेको बताउनुभयो ।
‘पार्टी स्विकार गर्नुपरेको दिन कस्तो होला ? अहिले हाम्रो पार्टीका सभापतिलाई गरिएको व्यवहारले त्यो कुरा प्रष्ट हुन्छ ।’ उहाँले भन्नुभयो । देशभरी रास्वपाको संगठन बनेकाले कुनै पनि नागरीक निराश हुनु नपर्ने र गएको चुनावमा पनि रामेछापबाट संगठन नै नहुँदा झण्डै ६ हजार मत पार्टीलाई आएको उहाँले बताउनुभयो । अहिले रामेछापको ८ वटै पालिकामा संगठन विस्तार भएको र अबको निर्वाचनमा रास्वपाले रामेछापबाट भारी मत सहित सबै पालिका जित्ने गरी लाग्न समर्थकहरुलाई शुभकामना दिनुभयो ।