मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

रामेछापको मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले उपमेयरसँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुका लागि नगद सँगै विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ ।

जस अन्र्तगत सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थय जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रम अन्र्तरगत उप प्रमुख बस्नेतले मन्थली अस्पतालमा भेला भएका सुत्केरी आमा र तिनका शिशुहरुका लागि प्रति ब्यक्ति नियमित ८ पटक स्वास्थ्य सँस्थामा आएर स्वास्थ परिक्षण गराउने स्वास्थय कर्मिको सल्लाहका आधारमा नियमित आइरन चक्कि लगायतका स्वस्थ्य वद्र्धक औषधि सेवन गर्ने नगर भित्र बसोबास गर्ने आमा हरुका लागि वडाको सिफारीस र जन्म दर्ताका आधार नगद २ हजार ८ सय रुपैयाँ, उपलब्ध गराएको छ । त्यसैगरि नगर भित्रकै छोरी जन्माउने प्रति आमाहरुका लागि प्रोत्सान स्वरुप थप ३ हजार नगद समेत उपलब्ध गराएको छ ।

त्यस बाहेक नगरपालिकाले स्वास्थय सँस्थामा आएर नियमित स्वास्थ्य परिक्षण गराई सुत्केरी गराउने सबै जिल्ला र क्षेत्रका आमाहरु समेतलाई आमा र शिसुको स्वास्थय र दिर्घ जिवनको कामना गर्दे प्रति सुत्केरी १÷१ लीटर घिउ र तोरिको तेल सँगै शिशुहरुका लागि अत्यावश्क विभिन्न खालको सामाग्रि सहितको किटबक्स समेत प्रदान गरेको मन्थली अस्पतालकी अनमी सुस्मिता फुँयालले जानकारी दिनुभयो ।

त्यसै गरि मन्थली नगरपालिकाले मन्थलीमा सुत्केरी गराउन नसकिने आमा हरुका हकमा मन्थली अस्पतालले रेफर गरेको आधारमा राजधानी काठमाडौ सम्म पुग्नका लागि निशुल्क यम्बुलेन्स या याता याता खर्च बापत प्रति ब्यक्ति ९ हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ ।

मन्थली अस्पताल परिसरमा ठुलो संख्यामा भेला भएका सुत्केरी आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्दे उप मेयर ईश्वरी बस्नेतले नगरपालिकाले नागरिक हरुले घरदैलोमानै सरकारको अनुभुति गर्न सकुन र नगरको सहयोगले आमा र जन्मने शिशु समेत स्वस्थ रहोस भन्नका खातिर प्रोत्सान सहित उक्त सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँले यस वापत चालु आवमा नगरले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि दिनु भयो । नगरले गत बर्ष उक्त शिर्षमा ४ लाख रुपैया विनियोजन गरेको र उक्त रकम अपुग भएकाले यस वर्ष ८ लाख विनियोजन गरि काम भईरहेको पनि कार्यक्रमका अवसरमा बताउनु भयो । कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशब धामी लगायतका स्वास्थयकर्मिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार