रामेछाप नगरपालिकाको वित्तिय प्रगति १८.४ प्रतिशत

रामेछाप नगरपालिकाको वित्तिय प्रगति १८.४ प्रतिशत

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको १६ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरपालिकाले बिहिबार(आज) पत्रकार सम्मेलन मार्फत नगरसभा सम्पन्न भएको जनाएको हो । नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकार सम्मेलनमा एक प्रेश विज्ञप्ती मार्फत खर्चको अवस्था,प्रतिबद्धता तथा पारित भएको विभिन्न विद्येयकको बारेमा जानकारी गराउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार नगरपालिकाको चालु आर्थिक वर्ष २०८१ /८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५ हजार ८ सय २८ गरी जम्मा रु ७६ करोड ८८ लाख ६९ हजार ५ सय ४१ रुपैयाको वार्षिक आयोजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १२ करोड ८७ लाख ४४ हजार ७ सय १५ अर्थात २५.६४ प्रतिशत खर्च भएको छ ।

पुजीगत तर्फ १ करोड २७ लाख ९१ हजार १२ अर्थात ५.०१ प्रतिशत मात्र खर्च भएको छ । यस अनुसार चालु र पुजीगत गरी हालसम्म जम्मा १४ करोड १५ लाख ३५ हजार ७ सय २७ अर्थात १८.४ प्रतिशत वित्तिय प्रगति हासिल भएको बताइएको छ ।

१६ औँ नगरसभाबाट नगरपालिकाका उपप्रमुखले नगर सभा समक्ष प्रस्तुत गर्नुभएको नगरपालिकाको विनियोजन ऐन, २०८१ लाई संसोधन गर्ने सम्बन्धमा बनेको बिनियोजन विद्येयक २०८१ सर्व सम्मतीबाट स्वीकृत गरिएको छ ।

नगरपालिकाबाट चालु आर्थिक बर्षको हालसम्म संचालन भएका समग्र विकास आयोजना तथा कार्यक्रमहरुको प्रगति विवरण विषयगत शाखाका संयोजकबाट सभा समक्ष प्रस्तुत भएर सभाबाट अनुमोदन भएको छ ।

साउनदेखि हालसम्म नगर कार्यपालिकाको बैठकले गरेका निर्णयहरु तथा नगर कार्यपालिकाको कार्यालयको दैनिक प्रशासनिक कार्य संचालन,योजना तथा कार्यक्रमको कार्यान्वयन एव विपद् व्यवस्थापनको क्रममा प्रचलित ऐन कानुनको परिधी भित्र रहि नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिृतबाट भए गरेका काम कारवाही तथा निर्णयहरु पनि अनुमोदन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नगरपालिकाको न्यायिक समितिको चालु आ.व.२०८१ /०८२ को प्रथम अर्धवार्षिक प्रतिवेदन न्यायिक समितिको संयोजक एबं उप प्रमुखबाट सभा समक्ष प्रस्तुत
भई सभाबाट अनुमोदन भएको छ ।

१६ औँ नगरसभाबाट विभिन्न प्रतिबद्धताहरु पनि व्यक्त गरिएको छ । प्रतिबद्धताहरु यस प्रकार रहेका छन : 

नगर शिक्षा योजनाको मस्यौदा तयार भैसकेको हुनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नयाँ शैक्षिक सत्र सुरु हुन अघि विद्यालय पुन. संरचना र शिक्षकको दरबन्दी पुनरावलोकन गर्ने प्रतिवद्धता गरिएको छ ।

कार्यपालिका तथा व्यवस्थापिका अन्र्तगतका विषयगत समितिहरुको मासिक बैठकलाइ नियमितता दिने प्रतिवद्धता गरिएको छ ।

बालमैत्री स्थानिय शासन र पोषणमैत्रि स्थानिय शासनलाई प्राथमिकतामा राखी अघि बढ्ने साथै अनिवार्य तथा निशुल्क शिक्षा घोषणा,गृहिणी महिला सशक्तिकरण कार्यक्रम,बालश्रम मुक्त पालिका, दलित सशक्तिकरण कार्यक्रमलाइ महत्वका साथ सन्चालन गर्ने प्रतिवद्धता गरिएको छ ।

स्थानिय तह संस्थागत स्वमुल्यांकन र स्थानिय तह विक्तिय सुशासन जोखिम मुल्यांकनलाई दैनिक कार्यसम्पादनको सुचकको रुपमा राखी नियमित सेवा प्रवाह गर्ने प्रतिवद्धतागरिएको छ ।

रामेछाप नगरपालिकाको प्रमुख सडकको रुपमा रहेको सेलेघाट रामेछाप बजार साँघुटार सडक स्तरोन्नती कार्यलाई यथासिघ्र सम्पन्न गर्न निमार्ण व्यवसायी र सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवक्ता समिर कार्की लगायत रामेछापका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार