रिलायबल लाइफ ईन्स्योरेन्स रामेछापद्धारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रिलायबल लाइफ ईन्स्योरेन्स रामेछापद्धारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो ।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवत्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्की,रिलायबल लाइफ ईन्स्योरेन्स बाग्मती प्रदेशका प्रमुख राज कुमार गिरी लगायतको उपस्थितीमा विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन संस्थालाई आग्रह गर्नुभयो । यो विद्यालयले हायु जातिका विद्यार्थीलाई हायु भाषा पनि पठनपाठन गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार