रामेछाप नगरपालिकामा जिल्ला न्यायधिससँग अन्तरक्रिया

रामेछाप नगरपालिकामा जिल्ला न्यायधिससँग अन्तरक्रिया

रामेछापको रामेछाप नगरपालिकाले जिल्ला न्यायधिससँग अन्तरपालिका न्यायिक समितिका पदाधिकारीहरुबिच अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप नगरपालिकाले जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरेर न्याय सम्पादन गर्दा भएका समस्या र ति समस्याहरुको समाधान गर्न अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्ला न्यायाधिस राजेन्द्र नेपाल र जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो । कार्यक्रममा सहभागी रामेछाप नगरपालिकाका सूचिकृत मेलमिलापकर्ता,वडाअध्यक्ष लगायतले न्याय निरुपणको क्रममा आएका विभिन्न समस्याहरु राखेका थिए । कानूनी अस्पष्टताका कारणले परेका विभिन्न समस्याहरु पनि सहभागीहरुले सोधेका थिए ।

विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन जिल्ला न्यायाधिस नेपालले आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरुले गरेका असल कामहरु र परेका समस्याहरुको समाधान गर्न अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,जिल्लाका ७ वटा स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्य,पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गर्नुभएको थियो । यस भन्दा अघि पनि रामेछाप नगरपालिकाले यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम गरेर न्याय निरुपणमा एक रुपता ल्याउन जिल्लाका सबै न्यायिक समितिका संयोजकहरुलाई प्रतिबद्धता व्यतm गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार