रामेछापको ल्याङ्गल्याङ्गमा सार्वजनिक सुनुवाई सहित घुम्ति शिविर

रामेछापको ल्याङ्गल्याङ्गमा सार्वजनिक सुनुवाई सहित घुम्ति शिविर

रामेछापको रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१/०८२ को प्रथम चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र बिकास निर्माण कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार(आज) भएको छ । वडा नं ९ ल्याङ्गल्याङ्गमा अवस्थित भिमसेन थान मन्दिरको प्राङ्गनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकिकृत घुम्ति शिविर कार्यक्रम भएको हो ।

घुम्ति शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषी तथा पशुपंछी बिकास शाखाको न्युनतम सेवा प्रवाह भएको थियो । शिविरबाट १२८ वटा जेष्ठ नागरिक परिचय पत्र वितरण, ८ वटा योजना सम्झौता, ११७ वटा पशुचौपायाका लागि औषधी वितरण तथा परामर्श सेवा, १६० प्याकेट तरकारी मिनिकिट वितरण,स्वास्थ्य तर्फ ९५ जनाले विभिन्न सेवाहरु लिएका छन ।

साथै ६ जना सुत्केरी महिलालाई सुत्केरी कोसेली झोला वितरण गरिएको रामेछाप नगरपालिकाले जनाकारी दिएको छ । सबै सेवा गाउँमै पाउँदा वडा नं ९ का नागरीकहरु दंग थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार