रामेछाप नगरपालिकामा र्‍याली ,दीप प्रज्वलन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

रामेछाप नगरपालिकामा र्‍याली ,दीप प्रज्वलन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

“हामी सवैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता“ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार(आज) बाट शुरु भएको छ । यो अभियानको पहिलो दिन रामेछाप नगरपालिकाले सचेतना र्‍याली र दीप प्रज्वलन गरेको छ ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई सहित नगरका कर्मचारीहरुले रामेछाप बजारमा ¥याली प्रदर्शन गरेका थिए ।

नगरपालिकाले यो अभियान अन्तर्गत मावि विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गर्ने छ । उक्त प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम हुने बताइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विभिन्न कार्यक्रम गरेर मनाईदै आएको छ । महिला हिंसा अन्त्य दिवसका अवसरमा हरेक वर्ष यो अभियान चल्ने गरेको छ । सोमबारदेखि १० डिसेम्बरसम्म चल्ने अभियानमा सरकारी तथा गैरसरकारी निकाय क्षेत्रबाट विभिन्न चेतनामूलक कार्यक्रम हुने गरेका छन् ।

डोमिनिकन रिपब्लिकमा तत्कालीन त्यहाँका तानासाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।

सोही दिनको सम्झनामा अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो । ७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार