रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र

रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र परेको छ । २ वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पार्क निर्माणको काम अलपत्र परेको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको जन्मस्थान भंगरीका १७ परिवारको करिब ५५ रोपनी जग्गा सरकारले अधिग्रहण गरी पुष्पलाल पार्क बनाउने काम थालेको थियो । तर काम अलपत्र पर्दा पार्कका लागि जग्गा दिएका स्थानीय बासिन्दा पनि आक्रोशित छन् ।

२०७६ सालमा ५५ करोड रुपैयाँको लागतमा पार्क निर्माणको काम थालिए पनि सम्पन्न नहुँदा बनेका संरचना पनि भत्किन थालेका छन् । पार्कको घेराबार,सेमिनार हल,पुस्तकालय भवन र आवासीय भवन निर्माण भइसके पनि त्यसको जिम्मेवारी कसैले नलिँदा अलपत्र अवस्थामा छ ।

भंग्ेरीमा अहिले पुष्पलाल र उहाँका दाजु गंगालाल श्रेष्ठको अर्धकदको शालिक छ । पार्क निर्माणको लागी अधिग्रहण गरिएको ५५ रोपनी जग्गा मध्ये ५० रोपनी माधवकुमार नेपाल अध्यक्ष रहेको पुष्पलाल प्रतिष्ठानको नाममा र ५ रोपनी नेपाल सरकार भवन तथा सहरी विकास विभागको नाममा छ ।

पार्कको जिम्मेवारी कस्ले लिने भन्ने अन्यौल रहेको रामेछाप नगरपालिकाका मेयर लबश्री न्यौपानेले बताउनुभयो । गत २ आर्थिक वर्षमा प्राप्त बजेटबाट पार्क भित्रको संरचना निर्माण गरेको तर चालू आर्थिक वर्षका लागी बजेट विनियोजन नभएकाले काम नभएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी शिवराज महर्जनको भनाइ छ ।

पार्क निर्माण भए भंगेरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा स्थानीय बासिन्दाको छ । तर पार्क निर्माणको काम अघि नबढ्दा स्थानीयबासिन्दाको यो आशा निराशामा परिणत हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार