रामेछापको सालुमा नगद सहित मोबाईल चोरी गर्ने ३ जना पक्राउ

रामेछापको सालुमा नगद सहित मोबाईल चोरी गर्ने ३ जना पक्राउ

रामेछापको सालुबाट नगद सहित मोबाईल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि साउन ३१ गते मन्थली नगरपालिका ४ सालु सामलस्थानका सोम बहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाईल र केही नगद चोरी भएको थियो ।

खत्रीले नगद सहित मोबाईल चारी भएको जानकारी प्रहरी चौकी सालुमा गराउनुभयो । उजुरी प्राप्त हुनसाथ प्रहरी चौकी सालुले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हापुरी नगरपालिका वडा नं ६ का अन्दाजी वर्ष ४० की कुसुम कुमारी,सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारत बिहार घर भएका वर्ष ३२ को तपेश्वर महतो रहेका छन ।

पक्राउ परेकाहरुलाई डाँका चोरी मुद्धामा जिल्ला अदालत रामेछापबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार