रामेछापको रामेछाप नगरपालिकामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न छ । नगरपालिकाले नगरका जनप्र्रतिनिधी,कर्मचारी,विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको हो ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिमको उद्धेश्यबारे रामेछाप नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्काले प्रष्ट पार्नुभयो ।
रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निरौला,मनोविदहरु गोविन्द उपाध्याय,पदम प्रसाद घिमिरे रसागर नेपालले तनाव व्यवस्थापन सम्बन्धी विभिन्न कुराहरुको बारेमा जानकारी गराउनुभयो ।
तालिममा मनोसामाजिक समस्या भनेको के हो ? यसको कारण लक्षण र समाधानका उपायहरु,परामर्शका साथै तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षकहरुले जानकारी गराएका थिए ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे जीवन विज्ञानसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी गराउनुभयो । तनाव व्यवस्थापन तालिम निकै महत्वपूर्ण भएको तालिममा सहभागीहरुले बताएका छन ।