सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले दिनुभएको थियो ।
नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले गाउँपालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उहाँले बताउनुभयो । सम्वृद्ध पालिका बनाउन सबै नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहाल,वडाअध्यक्षहरु,विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।