गोलन्जोर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

गोलन्जोर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज गाउँपालिकाले गाउँसभाको १५ औँ अधिवेशन कार्यक्रम मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सम्मुनत र समृद्ध पालिका निर्माण गर्ने लक्ष्य अनुसार योजना तथा कार्यक्रमहरु तयार गरिएको बताइएको छ ।

गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी र सडकलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको हो । गाउँपालिकाले एक घर एक धारा,नागरीकको स्वास्थ्य बिमा कार्यक्रम,बालमैत्री पालिका बनाउने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले एक घर एक उत्पादन कार्यक्रम,रैथाने बालिलाई संरक्षण तथा प्रबद्र्धन गर्ने,बगैँचा जुनार महोत्सव र गोलन्जोर गाउँपालिकालाई दुध,मासु,फलफूल र तरकारीमा आत्मानिर्भर बनाइने गरी कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले पर्यटन,उद्योग तथा वाणिज्य,सहकारी,श्रम तथा रोजगार,युवा तथा खेलकुद,महिला तथा जेष्ठ नागरीक,कला तथा संस्कृति,पूर्वाधार विकास,वन वातावरण संरक्षण,विपद व्यवस्थापन लगायत विभिन्न विषयलाई समेटेर नीति तथा कार्यक्रम बनाएको हो । गाउँपालिकाले आ.ब २०८१/८२ को बजेट भने सोमबार प्रस्तुत गर्ने गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार