भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिम मदिराले झ्याप

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका हाकिमले मदिरा सेवन गरेर आतंक मच्चाएका छन । कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा फेला परेको हुन । कार्यालयमै अपशब्द बोल्दै ठुलो आवाजमा कराउँदै गरेका दाहालले आतंक मच्चाएका हुन ।

उनले कार्यालयमा काम गर्ने कर्मचारीहरु,विभिन्न राजनीतिक दलका प्रमुखहरु,रामेछापका प्रमुख जिल्ला अधिकारी,सांसद,जनप्रतिनिधी लगायतलाई नाम नै तोकेर अपशब्द बोलेका हुन ।

उनले केही स्थानियहरुलाई हातपात समेत गर्ने प्रयास गरेका थिए । मदिराले लठ्ठिएका कार्यालय प्रमुख दाहालले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका हुन । रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गका अनुसार कार्यालय प्रमुख दाहाल हरेक दिन राति मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको स्थानियबाट गुनासो आउने गरेको बताउनुभयो ।

कार्यालय प्रमुखको यस्तो हर्कतले यहाँका स्थानिय आजित भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले दाहाललाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याइएको बताउनुभयो ।

सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानूनी प्रावधान छ । दाहाल राष्ट्रसेवक कर्मचारी भएकाले कार्यालयमै मदिरा सेवन गरी होहल्ला गर्नु गलत रहेको भन्दै डिएसपी सिहंले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।

भिडियो तल छ ,एक क्लिक गर्नुहोला :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार