रामेछाप जिल्लाबाट एकै दिन करिव डेढ सय प्रावि शिक्षकहरुले स्थायी नियुक्ति बुझेका छन । उनिहरुले आईतबार जिल्ला सदरमुकाम मन्थलीमा एक औपचारीक कार्यक्रमका वीच आफनो नियुक्ति पत्र बुझेका हुन् । शिक्षक सेवा आयोग उत्तिर्ण गरि आएका विभिन्न जिल्लाका एक सय ५७ जना प्रावि शिक्षकहरुलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले स्थायी नियुक्ति पत्र वितरण गर्नुभयो ।
जिल्ला शिक्षा विकास समन्वय ईकाई रामेछापको आयोजनामा भएको नियुक्ति वितरण तथा वधाई कार्यक्रममा विभिन्न जिल्ला घरभइ शिक्षा सेवा आयोग उर्तिर्ण भएर रामेछाप जिल्लाका लागि नियुक्ति बुझन आएका १ सय ५७ जना शिक्षकहरुले नेपाल शिक्षक महाँसंघ रामेछापका अध्यक्ष एवं विभिन्न पेशागत शिक्षक संघ सँगठनका प्रमुख र तिनका प्रतिनिधिहरुको रोहवरमा पालिकावाईज रुपमा नियुक्ति प्रत्र बुझेका हुन् ।
कार्यक्रमका अवसरमा कुल मध्य ९९ जना जिल्ला वाहिरका शिक्षकहरु र वाँकि शिक्षक भने जिल्ला भित्रकालेनै स्थायी शिक्षकको नियुक्ति बुझेका थिए ।