रामेछापको मानेँडाँडामा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ मानेँडाँडामा शनिबार दिउँसो ४ बजे मोटरसाईकले बालकलाई ठक्कर दिएको हो । सदरमुकाम मन्थलीबाट रामेछाप बजार आउँदै गरेको लु ९६ प १९६० नम्बरको मोटरसाईकले बालकलाई ठक्कर दिएको थियो ।
एक मोटरसाईकल वर्कशपमा काम गर्ने भारत घर भएका जाबेद खानको ७ वर्षका छोरा मुराज खानको ज्यान गएको हो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका बालकको धुलिखेल अस्पतालमा उपचारको क्रममा आईतबार(आज) बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बालकलाई ठक्कर दिने मोटरसाईकल चालक नयाँ गोरख गण रामेछापमा कार्यरत मन्थली नगरपालिका २ का वर्ष २३ का अशोक थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।