रामेछापको हल्देमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जनाको ज्यान गएको हो । लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।
तामाङको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको हो । धोबीबाट मन्थली तर्फ आउँदै गरेका तामाङ आफैले चलाएको बागमती प्रदेश ०२–०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका हुन । दुर्घटनामा घाईते भएका तामाङको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोस्टमार्टमको लागि मन्थली अस्पतालमा राखिएको छ ।