सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रामेछापको रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीले मंगलबार (आज) विरोध जनाएका छन ।
सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखेर उनिहरुले रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा उनिहरुले विरोध जनाएका हुन । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग कर्मचारीहरुको छ ।



 
				
							 
			 
                                     
                                     
                                     
                                     
                                     
                                    