नयाँ सारथी लघुबित्त बित्तिय सस्था लिमिटेड रामेछाप शाखाले मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । संस्थाले रामेछाप नगरपालिका ८ का सदस्य हरिमाया तामाङका श्रीमानको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सदस्य हरिमाया तामाङले संस्थाबाट ३ लाख ३० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत तिरेको किस्ता रकम समेत फिर्ता गरी जम्मा ९७ हजार ४ सय ९५ रुपैयाँ निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका रामेछाप शाखा प्रबन्धक अविनय कटुवालले बताउनुभयो ।
संस्थाका प्रबन्धक अविनय कटुवाल,संस्थाका कनिष्ठ सहायक युवराज थापा र पत्रकार सहित हरिमाया तामाङको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । ३ लाख १५ हजार बिमा रकम प्राप्त भएपनि बाँकी रहेको साँवा काटेर तामाङले ९७ हजार ४ सय ९५ रुपैयाँ प्राप्त गर्नुभएको हो ।
संस्थाले कर्जा लिएका सबै सदस्यहरुको अनिवार्य बिमा गरिदिने गरेको छ । संस्थामा अहिले ५ सय ७५ जना सदस्य रहेका छन ।