नयाँ सारथी लघुबित्तद्धारा मृतक परिवारलाई बिमा रकम भुक्तानी

नयाँ सारथी लघुबित्तद्धारा मृतक परिवारलाई बिमा रकम भुक्तानी

नयाँ सारथी लघुबित्त बित्तिय सस्था लिमिटेड रामेछाप शाखाले मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । संस्थाले रामेछाप नगरपालिका ८ का सदस्य हरिमाया तामाङका श्रीमानको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।

सदस्य हरिमाया तामाङले संस्थाबाट ३ लाख ३० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत तिरेको किस्ता रकम समेत फिर्ता गरी जम्मा ९७ हजार ४ सय ९५ रुपैयाँ निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका रामेछाप शाखा प्रबन्धक अविनय कटुवालले बताउनुभयो ।

संस्थाका प्रबन्धक अविनय कटुवाल,संस्थाका कनिष्ठ सहायक युवराज थापा र पत्रकार सहित हरिमाया तामाङको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । ३ लाख १५ हजार बिमा रकम प्राप्त भएपनि  बाँकी रहेको साँवा काटेर तामाङले ९७ हजार ४ सय ९५ रुपैयाँ प्राप्त गर्नुभएको हो ।

संस्थाले कर्जा लिएका सबै सदस्यहरुको अनिवार्य बिमा गरिदिने गरेको छ । संस्थामा अहिले ५ सय ७५ जना सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार