आठौँ भूकम्प स्मृति दिवस:रामेछापमा ४१ जनाले ज्यान गुमाउँदा ५० हजार घरमा क्षती

आठौँ भूकम्प स्मृति दिवस:रामेछापमा ४१ जनाले ज्यान गुमाउँदा ५० हजार घरमा क्षती

गोरखा भूकम्पको आठाँै स्मृति दिवस आज मनाइँदैछ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर बैशाख १२ गते बिहान ११ बजे ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो । यता रामेछाप जिल्लामा २०७२ सालको भूकम्पले ५० हजार घर भत्किएका थिए । भूकम्पमा परी रामेछापमा ४१ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पको सम्झनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दातृ तथा सहयोगी निकायसँगको समन्वयमा आज र भोलि दुई दिने गोष्ठी गर्दैछ । त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि कार्यक्रम गर्दैछ ।

भूकम्प गएको ८ वर्षको अवधिमा अझै करिब एक लाख घरको पुननिर्माण हुन बाँकी छ भने धरहरालगायतका ऐतिहासिक संरचनाको पुननिर्माण पूर्ण रुपमा सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार