रामेछापको मन्थली नगरपालिका ३ कठजोरमा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुई जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।
उनिहरुको काठमाडौंको एक अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की रहेका छन् । रणजोर खोलामा कपडा धुँदै गरेका आमाछोरी चट्याङ लागेर घाइते भएपछि उपचारका लागि नजिकैको मन्थली लगिएको थियो ।
यसैबीच शुक्रबार अपराह्न परेको चट्याङ लागेर दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाका तुलबहादुर तामाङको खोरमा बाँधेरका १५ वटा बाख्रा मरेको पनि जिल्ला प्रहरी काार्यलयले जनाएको छ । शुक्रबार साँझ हावाहुरी, असिनापानी र चट्याङ परेको थियो । असिनाले केही क्षेत्रमा बालीनाली र फलफूल खेतीमा क्षति पु¥याएको छ ।