रामेछापका ८ स्थानीयतहको बेरुजू ३७ करोड ७९ लाख,खाँडादेवी गाउँपालिकाको बेरुजू सबैभन्दा बढी

रामेछापका ८ स्थानीयतहको बेरुजू ३७ करोड ७९ लाख,खाँडादेवी गाउँपालिकाको बेरुजू सबैभन्दा बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा रामेछापका ८ स्थानीयतहको ३७ करोड ७९ लाख रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको ६०औँ प्रतिवेदनमा रामेछापका ८ स्थानीयतहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो ।

यस मध्ये खाँडादेवी गाउँपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा खाँडादेवी गाउँपालिका बेरुजू रकम ९ करोड २९ लाख १३ हजार रुपैयाँ देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा खाँडादेवीको बेरुजू रकम ५ करोड ६७ लाख ४ हजार रुपैयाँ थियो । यस पटकको प्रतिवेदन अनुसार खाँडादेवीको बेरुजू रकम बढेको हो । गोकुलगंगा गाउँपालिकाको बेरुजू रकम आर्थिक वर्ष २०७८/०७९ मा ५ करोड ६९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा गोकुलगंगाको बेरुजू रकम ४ करोड ४६ लाख ५८ हजार थियो ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ ४ करोड १७ लाख ४० हजार रुपैयाँ बेरुजू रहेको लिखुतामाकोशी गाउँपालिकाको बेरुजू रकम आर्थिक वर्ष २०७८/०७९ मा ४ करोड ९३ लाख ८ हजार भएको छ । सुनापति गाउँपालिकाको बेरुजू ४ करोड ७९ लाख ४५ हजार रुपैयाँ देखिएको छ । अघिल्लो आर्थिक वर्षमा सुनापतिको बेरुजू रकम ६७लाख ८५ हजार मात्रै थियो ।

दोरम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजू रकम ४ करोड ६६ लाख ७८ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा यो पालिकाको बेरुजू रकम १ करोड ७४ लाख ३२ हजार मात्रै थियो । आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ४३ लाख ६० हजार रुपैयाँ बेरुजू रहेको मन्थली नगरपालिकाको पनि यस वर्ष बेरुजू बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा यस्तो रकम बढेर ५ करोड २० लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा उमाकुण्ड गाउँपालिकाको बेरुजू रकम २ करोड ४७ लाख ९१ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछाप नगरपालिकाको ७२ लाख ८३ हजार रुपैयाँ बेरुजू देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा रामेछाप नगरको बेरुजू रकम १ करोड ५१ लाख ६० हजार रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार